Information is intelligence
HomeSportsअष्ट्रेलियाविरुद्धको पहिलो टेष्टको पहिलो ईनिङ्समा भारत अलआउट

अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टको पहिलो ईनिङ्समा भारत अलआउट

- Advertisement -spot_img

एजेन्सी । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो ईनिङ्समा भारत २ सय ४४ रनमा अलआउट भएको छ ।

२ सय ३३ मा ६ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको भारतले ११ रन जोड्न बाँकी ४ विकेट गुमाउन पुग्यो ।

रिद्धिमान शाह ९, रविचन्द्रन आश्विन १५, उमेश यादव ६ र मोहमद सामी शुन्य रनमा आउट भए । जसप्रीत बुम्राहा ४ रनमा अविजित रहे ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिन ६ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो ।

भारतीय टिमका लागि विराट कोहलीले ७४ र चेतेश्वर पुजाराले ४३ रन बनाए । अष्ट्रेलियाको तर्फबाट मिसेल स्टार्कले सबैभन्दा बढी ४ विकेट झारे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु