Information is intelligence
HomeNewsथप ७८२ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ७८२ जनामा कोरोना सङ्क्रमण पुष्टि

- Advertisement -spot_img

२४ घण्टामा नेपालमा थप सात सय ८२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५२ हजार चार सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा ९ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४१ हजार तीन सय ९२ पुगेको छ ।

नेपालमा शुक्रबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार तीन सय १७ रहेको छ । अब नेपालमा चार सय २७ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै, गएको २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ६५ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु