Information is intelligence
HomeSportsमेस्सीले जिते च्याम्पियन फर पिस अवार्ड-२०२०

मेस्सीले जिते च्याम्पियन फर पिस अवार्ड-२०२०

- Advertisement -spot_img

एजेन्सी | बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेस्सीले च्याम्पियन फर पिस अवार्ड-२०२० जितेका छन् ।

विभिन्न व्यक्तिहरुलाई पिच बाहिर सहयोग गरेको आधारमा मेसीले उक्त अवार्ड पाएका हुन् । स्पानिस क्लब बार्सिलोनाले यसको पुष्टि गरेको थियो ।

‘मेरो सामाजिक कमिटमेन्टका लागि मलाई फियर प्लेअरको रुपमा चयन गर्दा म साँच्चै सम्मानित भएको छु’ मेसीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘धन्यवाद पिस एण्ड स्पोर्ट्सलाई यो सुन्दर स्वीकृतिका लागि ।’

मेस्सीले शनिबार अर्को उपलब्धी समेत हात पार्न सक्नेछन् । मेस्सी एकै क्लबका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान बराबरी गर्न दुई गोलले मात्र टाढा छन् । ब्राजिलियन महान खेलाडी पेलेले सान्तोसमा १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए ।

मेसीले दुई गोल गरेमा पेलेले भन्दा कम समयमा उक्त उपलब्धी हात पार्नेछन् ।बार्सिलोनाले शनिबार स्पानिस ला लिगामा भ्यालेन्सियासँग खेल्दैछ ।

यो पनि पढ्नुहोस्:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु