Information is intelligence
HomePoliticsओलीको नालायकीको अयोग्यता र अहंकारसँगै नेकपाको वैधता सकियो : गगन थापा

ओलीको नालायकीको अयोग्यता र अहंकारसँगै नेकपाको वैधता सकियो : गगन थापा

- Advertisement -spot_img

काठमाडौं | नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विघटनको निर्णय लहडमा गरेको भन्दै यो असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।

उंनले प्रधानमन्त्री केपी ओलीको अहंकार र अयोग्यतासँगै नेकपाको वैधता सकिएको बताएका छन् । उनले ओली पहिलेदेखि नै संविधानप्रति बफादार नरहेको बताउँदै त्यसको अहिले पुष्टि भएको बताए ।

“हामीले संविधान बनाउँदै गर्दा एउटै पार्टीभित्रको झगडाले मध्यावधिमा जाने कल्पना गरेनौं । यो कदम असंवैधानिक देखिन्छ,” थापाले भने, “हामीले प्रधानमन्त्रीको नालायकीको अयोग्यताको बारेमा कुरा गर्दा यो संविधानप्रतिको प्रतिवद्धताका बारेमा पनि कुरा गर्नुपर्छ ।

ओली अहंकारी र अयोग्यता मिसिएका व्यक्ति हुन् । आफ्ना लागि जे पनि गर्न सक्छन् भन्ने देखिन्छ । आजको मितिबाट प्रधानमन्त्रीसँगै नेकपाको पनि वैधता सकियो ।

जे सुकै भए पनि नेकपाले पाएको म्यान्डेट र बैधता सकियो । जनताले नेकपालाई प्रचण्ड बहुमत दिए । त्यो गलत सावित भयो ।”

उनले संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान रहेको स्मरण गराउँदै ओलीको पछिल्लो कदम अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका हुन् ।

यो पनि : प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु