Information is intelligence
HomeSportsलिभरपूल, म्यानचेस्टर सिटि र एभरटन बिजय, आर्सनल फेरी पराजित

लिभरपूल, म्यानचेस्टर सिटि र एभरटन बिजय, आर्सनल फेरी पराजित

- Advertisement -spot_img

इंग्लिस प्रेमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपूल, म्यानचेस्टर सिटि र एभरटनले जित हात पारेका छन् भने आर्सनल पराजित भएको छ ।

क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा साबिक बिजेता लिभरपुलले ७-०को सानदार जित हात पारेको छ । जितका लागि खेलको ३ मिनेटमा मिनामिनो , ३५ मिनेटमा माने , ४४औं र ६८ औं मिनेटमा फिर्मिनो , ५२ मिनेटमा हेन्डरसन, र खेलको ५७ औं मिनेटमा मैदान प्रवेश गरेका मो सालहाले ८१ औं मिनेट र ८४ औं मिनेटमा गोल गर्दै सानदार जित हात पारेको हो । जित संगै १४ खेलमा ३१ अंक सहित लिभरपुल तालिकाको शिर्ष स्थानमा छ भने १४ खेलमा १८ अंक सहित क्रिस्टल प्यालेस तालिकाको १३ औं स्थानमा छ ।

त्यस्तै हिजोनै भनेको साउथहमटन र म्यानचेस्टर सिटि बिचको खेलमा म्यानचेस्टरले १-० को जित हात पारेको छ । साउथहमटनको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको १६ औं मिनेटमा स्टरलिंगले गोल गरेका थिए खेल थप कुनै टोलिले गोल नगर्दा खेलमा म्यानचेस्टरले जित हात पारेको हो । जितसंगै १३ खेलमा २३ अंक सहित म्यानचेस्टर सिटि तालिकाको छैटौं स्थानमा छ भने १४ खेलमा २४ अंक सहित साउथहमटन तालिकाको पाचौं स्थानमा छ।

हिजोनै भएको अर्को खेलमा एभरटनले आर्सनल माथि २-१ को जित हात पारेको छ । एभरटनको घरेलु मैदनामा भएको खेलमा खेलको २२ औं मिनेटमा आर्सनलका होल्डीइंगले आत्मघाती गोल गर्दै एभरटनले अग्रता लिएको थियो भने खेलको ३५ औं मिनेटमा पेपेले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए भने पहिलो हाफको ३५ औं मिनटमा मा यारी मिन्नाले गोल गर्दै जित सुनिश्चित पारेका हुन् । जित संगै १४ खेलमा २६ अंक सहित एभरटन तालिकाको दोस्रो स्थानमा छ भने १४ खेलमा १४ अंक सहित आर्सनल तालिकामा पुछारबाट छैठौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु