Information is intelligence
HomePoliticsसंसद विघटन : राष्ट्रपतिको भूमिका के ?

संसद विघटन : राष्ट्रपतिको भूमिका के ?

- Advertisement -spot_img

काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्रीले गरेको संसद विघटनको प्रस्ताव रोक्न नमिल्ने बताएका छन् ।

उनले भने, ‘राष्ट्रपतिले प्रस्ताव रोक्न मिल्दैन, अदालतले के गर्छ यो अर्काे विषय हो ।’

उनले संविधानको धारा ७१ अनुसार संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार भएको बताए । उनले भने,’कार्यकारी प्रधानमन्त्रीले ल्याएको प्रस्ताव संवैधानिक राष्ट्रपतिले रोक्न मिल्दैन् ।’

तर संसद विघटनको यो कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नसच्याए गल्ती सच्याउने ठाउँ सर्वोच्च अदालत रहेको कानुनविदहरु बताउँछन् ।

पूर्वसभामुख ओनसरी घर्ती पनि भन्छिन्, ‘प्रधानमन्त्रीले चालेको यो कदम असंवैधानिक हो, यसलाई राष्ट्रपतिले सच्याउनुपर्छ, सच्याउनुहुनेछ भन्ने विश्वास लिएकी छु ।’

विगतमा २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएता पनि वर्तमान संविधानले बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन ।

कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा मिलिजुली सुरका गठन हुन नसकेमा वा कुनै पनि प्रधानमान्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्थामा मात्र संसद विघटन गर्न पाइने संविधानको धारा ७६ (७) मा प्रावधान छ ।

तर, प्रधानमन्त्री ओलीले संविधानमै व्यवस्था नभएको स्वेच्छाचारी अधिकार प्रयोग गरेर संसद विघटन गरेका छन् ।

प्रधानमन्त्रीको यो कदमको पार्टीभित्र र बाहिरबाट चौतर्फी विरोध सुरु भएको छ ।

यो पनि पढ्नुहोस्:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु