Information is intelligence
HomeSportsएथलेटीको म्याड्रिडको जित, बार्सिलोना बराबरीमा रोकियो

एथलेटीको म्याड्रिडको जित, बार्सिलोना बराबरीमा रोकियो

- Advertisement -spot_img

ला लिगामा गएराती भएको खेलमा एथलेटीकोले जित हात पारेको छ भने बार्सिलोना बराबरीमा रोकिएको छ ।

एथलेटीको घरेलुमैदानमा भएको खेलमा एथलेटीकोले इलीच माथि ३-१को जित हात पारेको छ। जितका लागि खेलको ४१ औं मिनेट र ५८ औं मिनेटमा सुआरेजले २ गोल गरेका थिए भने खेलको ८० औं मिनेटमा डिएगो कोस्टाले पेनाल्टी गोल गर्दै जित आफ्नो पोल्टामा हालेका हुन् । इलीचका लागी भने खेलको ६४ औं मिनेटमा एल बोयेले गोल गरेका थिए जुन जितका लागि भने पर्याप्त थिएन । जित संगै १२ खेलमा २९ अंक सहित एथलेटीको तालिकाको शीर्ष स्थानमा छ भने १२ खेलमा १४ अंक सहित  इलीच तालिकामा पाचौं स्थानमा छ।

हिजोनै भएको अर्को खेलमा बार्सिलोनाले भ्यालेन्सियासंग २-२ काे बराबरी खेलेको छ । बार्सिलोनाको घरेलुमैदानभएको खेलमा दुवै टोलिले एक एक अंक बढेका छन् । खेलको २९ औं  मिनेटमा भ्यालेन्सियाका दाईक्याबाले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ४५ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल बराबरी लेराएका थिए भने दोस्रो हाफको ५२ औं मिनेटमा बार्सिलोनाका अरौजोले गोल गर्दै अग्रता लिएको थियो भने अग्रता जोगाउन नसक्दा खेलको ६९ औं मिनेटमा मेक्सि गोमेजले गोल गर्दै खेल बराबरीमा लेराएका थिए। दुबै टोलिले समान अंक बढे संगै १३ खेलमा २१ अंक सहित बार्सिलोना तालिकाको पाचौं स्थानमा छ भने १४ खेलमा १५ अंक सहित  भ्यालेन्सिया १२ औं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु