Information is intelligence
HomePoliticsसंसद विघटन प्रकरणः पाँच मन्त्रीले राजिनामा दिने तयारी

संसद विघटन प्रकरणः पाँच मन्त्रीले राजिनामा दिने तयारी

- Advertisement -spot_img

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पुर्व माओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रिले रातोपाटीलाई जानकारी दिए ।

राजीनामा दिन उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको बुझिएको श्रोतले बताएको छ  ।

यसैबीच माधव नेपाल समुहबाट मन्त्री भएकाहरुले भने राजीनामबारे कुनै निर्णय नगरेको बुझिएको छ । उनीहरुले बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।

संसद विघटन गर्ने ओेलीको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकमा मन्त्री पुन, घनश्याम भुषाल, योगेश भट्राई लगायतले विरोध गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु