Information is intelligence
HomePoliticsसिंहदरबारमा नेकपा सांसदहरुको भेला,कसले के भने ?

सिंहदरबारमा नेकपा सांसदहरुको भेला,कसले के भने ?

- Advertisement -spot_img

सिंहदरबारस्थित संघीय संसद्  सचिवालमा भेला भएका नेकपा सांसदहरुले संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको विरोध गरेका छन् । बिहान विभिन्न संसदीय समितिको बैठकका लागि सिंहदरबार पुगेका उनीहरुले प्रधानमन्त्रीको अप्रत्याशीत निर्णयको खबर बाहिरिएछि सो निर्णयको भत्सर्ना गरेका हुन् ।

नेकपा सांसद जयपुरी घर्तीले भनिन्–‘अघि बिहान हामी केही सांसदहरु उपस्थित भएका थियौँ । प्रधानमन्त्रीले संसद् विगठनका लागि प्रस्ताव गरेको कुरा आयो । संविधान विपरित काम गरेको भनेर हामीले विरोध जनाएका छौँ ।’

प्रधानमन्त्री ओलीले संसद विगठन गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेपछि संसदीय समितिको बैठक पनि स्थगित भएको छ । खेलकुद क्षेत्रका विभिन्न विषयबारे छलफलका लागि बोलाइएको प्रतिनिधिसभा अनर्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सो निर्णयपछि तरङ्गित भएका  नेकपा सांसदहरु विभिन्न समूहमा छलफल गरिरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु