Information is intelligence
HomePoliticsसंसद् विघटनको प्रस्तावविरुद्ध देशभर प्रदर्शन

संसद् विघटनको प्रस्तावविरुद्ध देशभर प्रदर्शन

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको प्रस्तावविरुद्ध देशभर प्रदर्शन सुरु भएको छ ।

राजधानी काठमाडौंसहित पोखरा चितवजनसहितका ठाउँमा सरकारी कदमविरुद्ध विरोध प्रदर्शन सुरु भएको हो ।

असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका हुन् ।

अधिकांश सत्तारुद्ध दलहरु नै सडकमा झन्डासहित निस्किएका छन् । काठमाडौंमा निस्किएका प्रदर्शनकारीले भने कुनै पनि पार्टीको झन्डा बोकेका छैनन् ।

प्रधानमन्त्रीको कदम जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको ‘म्याडेट’ र संविधानको भावनाविपरीत रहेको प्रदर्शनकारीको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु