Information is intelligence
HomePoliticsबामदेवलाई उपप्रधानमन्त्रीसहित चुनावी सरकारको गृहमन्त्री बनाउने तयारी

बामदेवलाई उपप्रधानमन्त्रीसहित चुनावी सरकारको गृहमन्त्री बनाउने तयारी

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकारको गृहमन्त्री बामदेव गौतमलाई बनाउने तयारी गरेका छन् । उनले त्यसका लागि गौतमलाई केही दिन अघि नै संकेत गरिसकेको बुझिएको छ ।

गौतमले प्रधानमन्त्री ओलीले संसद बिघटन गर्न लागेको जानकारी समेत पाइसकेका थिए । उनी शनिबार ओली र प्रचण्डबीच सहमतिका लागि अन्तिम प्रयासमा समेत थिए । कुरा नमिलेपछि उनी कुनैपनि गुटमा छैन भनी उठेका थिए ।

गौतमले प्रधानमन्त्री ओलीको कदमलाई पनि घुमाउरो ढंगले समर्थन गरेका छन् । उनले समर्थन र विरोध केही नभएको भन्दै पर्ख र हेरमा रहेको सन्देश सचिवालयका विश्वमणि सुवेदीमार्फत् दिएका छन् ।

गौतमलाई भविष्यमा प्रधानमन्त्री बनाउने आश्वासन पनि ओलीले दिइसकेका छन् । यसअघि प्रतिनिधिसभाको चुनाव हारेकाले पनि गौतम यसको बिघटनप्रति दुःखित देखिएका छैनन् ।

दुईपटक गृहमन्त्री भएका र एकपटक गृहमन्त्री हुँदा स्थानीय निकायका चुनावमा तत्कालिन नेकपा एमालेलाई ठुलो सफलता दिलाएका गौतमलाई ओलीले फेरि साथमा लिएका छन् । उनलाई सरकारमा ल्याएर ओलीले आफ्नो प्रभाव अझ बलियो बनाउन खोजेको बुझिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु