Information is intelligence
HomeSportsरोनाल्डोको दुई गोलमा युभेन्ट्सको जित

रोनाल्डोको दुई गोलमा युभेन्ट्सको जित

- Advertisement -spot_img

क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले सिरी ए मा पार्मामाथि शानदार जित हात पार पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले पार्मालाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो ।

रोनाल्डोले खेलको २६औं र ४८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि २३औं मिनेटमा डेजान कुलुस्भेक्सकीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

८६औं मिनेटमा अलभारा मोराटाले गोल थपेपछि युभेन्ट्सले शानदार जित हात पारेको हो ।

पार्मा विरुद्ध दुई गोल गरेपछि सिरी ए मा रोनाल्डोले एकै क्यालेन्डर इयरमा ३३ गोल गर्ने चौथो खेलाडी बनेका छन् ।

जितपछि युभेन्ट्सले १३ खेलबाट दोस्रो स्थानको इन्टर समान २७ अंक जोडेको छ । तर इन्टरले १२ खेल मात्र खेलेको छ । १२ खेलबाट २८ अंकसहित एसी मिलान शीर्ष स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु