Information is intelligence
HomeSportsमेसीले गरे पेलेको कीर्तिमानीसँग बराबरी

मेसीले गरे पेलेको कीर्तिमानीसँग बराबरी

- Advertisement -spot_img

अर्जेन्टाइन सुपरस्टार लिओनल मेस्सीले ब्राजिलियन लेजेण्ड पेलेले बनाएको एकै क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् ।

स्पनिस ला लिगा अन्तर्गत शनिबार भ्यालेन्सियाविरुद्ध गोल गर्दै मेस्सीले पेलेले सान्तोसबाट बनाएको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका हुन् । भ्यालेन्सियाका जोस गाएले एन्टोनी ग्रीजमनलाई एरियामा फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो, जसमा मेस्सीको प्रहार गोलकिपर जाउमेले रोके ।

तर रिबाउण्डमा जोर्डी अल्बाको पासमा मेसीले गोल गरे । बार्सिलोनाका लागि सबैखाले प्रतियोगितामा मेस्सीको ६४३ औं गोल हो । पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेका थिए ।

पेलेले १९ सिजन खेल्दै उक्त कीर्तिमान बनाएका थिए । मेस्सीले आफ्नो १७औं सिजनमै उक्त उपलब्धी बराबरी गरे ।

यो पनि : रोनाल्डोको दुई गोलमा युभेन्ट्सको जित

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु