Information is intelligence
HomePoliticsसम्सद विघटन हुनु अघी नै दर्ता भएको थियो प्रधानमन्त्री विरुद्द अविश्वास प्रस्ताव

सम्सद विघटन हुनु अघी नै दर्ता भएको थियो प्रधानमन्त्री विरुद्द अविश्वास प्रस्ताव

- Advertisement -spot_img

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ९० सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ।

नेकपाका सचेतक देव गुरूङका अनुसार बिहान मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा सांसदहरूले सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

सचिवालय स्रोतका अनुसार दर्ता नम्बर १ रहेको उक्त प्रस्तावमा ९० सांसद हस्ताक्षर छ।

सचेतक गुरूङले संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको बताए। उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ।

‘संसद विघटन गर्न सिफारिस गरेको भन्ने कुरा मिडियामा आएपछि यो संविधानमा व्यवस्था नभएको विषय हो। संविधानविपरीतको कदम सरकारले चाल्न थाल्यो भनेर प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हौं,’ उनले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु