Information is intelligence
HomePoliticsसंसद विघटन : तयारी हालतमा बस्‍न जंगीअड्डाको सर्कुलर, राजधानीमा उच्च सुरक्षा सतर्कता

संसद विघटन : तयारी हालतमा बस्‍न जंगीअड्डाको सर्कुलर, राजधानीमा उच्च सुरक्षा सतर्कता

- Advertisement -spot_img

काठमाडौं : संसद विघटन गरेर चुनाव घोषणा गर्ने कदमविरुद्धको संभावित सडक प्रदर्शन र नागरिक प्रतिरोधलाई ध्यानमा राख्‍दै राजधानीको सुरक्षा व्यवस्था आइतबार अपरान्हदेखि कडा तुल्याएको छ।

बालुवाटार, शितलनिवास, मन्त्रिनिवास, सिंहदरबार, माइतीघर, नयाँ बानेश्‍वरलगायतका संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षाकर्मीको गस्ती बाक्लो बनाइएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीलाई पनि सडकमा परिचालन गरिएको छ।

नयाँ राजनीतिक घटनाक्रमबारे जंगीअड्डामा उच्च सैनिक अधिकारीहरूबीच आइतबार छलफल भएको छ। जंगी अड्डाको नीतिगत छलफल र निर्णय गर्ने निकाय (पीएसओज) को बैठकमा यसबारे छलफल भएको हो। (पीएसओज) मा मुख्यालयमा कार्यरत विभागीय प्रमुख सैनिक अधिकृतको सहभागिता रहने गर्छ।

नेपाली सेनाका सैनिक सहायकरथी प्रवक्ता सन्तोषबल्लभ पौडेलले  नयाँ राजनीतिक घट्नाक्रमले राष्ट्रिय सुरक्षा उत्पन्‍न गर्नसक्‍ने चुनौतीबारे छलफल भएको अन्‍नपूर्ण अनलाइनसँग बताए। उनले भने,  ‘ नयाँ राजनीतिक घट्नाक्रमले राष्ट्रिय सुरक्षामा कस्तो असर पार्छ  भन्‍ने हाम्रो चासो हो। त्यसका लागि स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायलाई कस्तो सहयोग गर्नुपर्छ भन्‍नेबारेमा छलफल र तयारी हो।’

प्रवक्ता पौडेलका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर सतर्क रहन र आवश्यक परे स्थानीय प्रशासनलाई सहयोग गर्न तयार रहन सबै प्रदेशका पृतना मुख्यालयहरूलाई निर्देशन दिएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु