Information is intelligence
HomePoliticsनिर्वाचन तयारी थालनुस् : ओली

निर्वाचन तयारी थालनुस् : ओली

- Advertisement -spot_img

काठमाडौं- निर्वाचन आयोगले एकै मितिमा आगामी आम चुनाव गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री ओलीसँगको छलफलमा एकै मितिमा चुनाव गर्न सुझाव दिएको हो।

‘सरकारले दुईवटा मितिमा चुनाव गर्न प्रस्ताव गरेको छ, आयोगले एकै मितिमा चुनाव गर्दा व्यवस्थापन गर्न सहज हुन्छ भनेको हो,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।

आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी अघि बढाउन निर्देशन दिएका थिए।

सरकारले प्रतिनिधिसभा विघटन गर्दै आउँदो वैशाख १७ र २७ गते चुनाव गर्न प्रस्ताव गरेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु