Information is intelligence
HomePoliticsपूर्व सभामुख महरालाई स्थायी कमिटीमा ल्याउने नेकपाको निर्णय

पूर्व सभामुख महरालाई स्थायी कमिटीमा ल्याउने नेकपाको निर्णय

- Advertisement -spot_img

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा ल्याउन सिफारिस गरेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले पूर्वसभामुख महरालाई स्थायी कमिटीको सदस्यमा नियुक्त गर्ने बैठकले निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सभामुख भएपछि पूर्वमाओवादी नेता महराले पार्टीको सदस्यता स्थगित गरेका थिए।

महरा माथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिनुपर्ने अवस्था बनेको थियो।

उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन्।

यस्तै नेकपाको आजको बैठकले, प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय पनि गरेको छ ।

बालुवाटारमा बसेको बैठकले ओलीले लोकतन्त्रविरोधी र निरङ्कुश कदम चालेकाले उनलाई कारबाही गर्ने निर्णय भएको हो।

ओलीलाई कारबाही गर्ने निर्णय भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पेस गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु