Information is intelligence
HomePoliticsप्रचण्ड माधव बालुवाटारबाट बाहिरिए,याेगेश घनश्याम प्रधानमन्त्रीसँग छलफलमा

प्रचण्ड माधव बालुवाटारबाट बाहिरिए,याेगेश घनश्याम प्रधानमन्त्रीसँग छलफलमा

- Advertisement -spot_img

मन्त्री पदबाट राजीनामा दिएर प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी भएका नेकपा नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई प्रधानमन्त्रीसँग छलफलमा जुटेका छन् ।

अरु नेताहरु बैठक सकेर बालुवाटारबाट बाहिरिएपछि भुसाल र भट्टराई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका हुन् । उनीहरु अन्तिमसम्म पनि दुई अध्यक्षलाई मिलाउन प्रयासरत थिए ।

आजको प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी थिएनन् । तर गौतमको समर्थन रहेको बेदुराम भुसालले बताए । प्रचण्ड माधव नेपाल पक्षको बैठक चलिरहेका बेला स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझी भने प्रधानमन्त्रीसँग छलफल गरेर बाहिरिएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु