Information is intelligence
HomeEconomyहिजो स्थिर रहेको सुनको भाउ सोमबार(आज) उकालो लाग्यो

हिजो स्थिर रहेको सुनको भाउ सोमबार(आज) उकालो लाग्यो

- Advertisement -spot_img

काठमाडौं | आज सोमबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोला ९०० ले सुनको भाउ बढेको जानकारी दिएको छ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९५ हजार २०० रूपैयाँ कायम छ। यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ७०० रूपैयाँ कायम छ।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला एक हजार २८० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि उकालो लागेको छ।

आज तोलामा ४० रूपैयाँले बढ्दै चाँदीको मूल्य एक हजार ३२० रूपैयाँ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु