Information is intelligence
HomeSportsइबारको घरेलु मैदानमा रियलको जित

इबारको घरेलु मैदानमा रियलको जित

- Advertisement -spot_img

ला लिगामा गएराती भएको खेलमा रियलले इबारमाथि ३-१ को जित हात पारेको छ ।

इबारको घरेलु मैदानमा जित निकाले संगै रियल तालिकाको दोस्रो स्थानमा उक्लेको छ । पहिलो हाफको छैटौं मिनेटमा रोड्रीगेजको पासमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने खेलको १३ औं मिनेटमा बेन्जेमको पासमा मोड्रीकले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यस्तै  इबारका लागी खेलको २८ औं मिनेटमा किकेले डी बोक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए जुन गोलले भने जित दिलौना सकेन । त्यस्तै खेलको ९२ औं मिनेटमा लुकास भाजगोयेजके गोल गर्दै रियलले जित आफ्नो पोल्टामा हालेको हो ।

जितसंगै  १४ खेलमा २९ अंक सहित रियल तालिकाको दोस्रो स्थानमा छ भने इबार १४ खेलमा १५ अंक सहित चौधौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु