Information is intelligence
HomePoliticsओलीको बिफ्रिङ :संसद् विघटन बाध्यता - जनतासँग माफी मागौं, चुनावको तयारीमा...

ओलीको बिफ्रिङ :संसद् विघटन बाध्यता – जनतासँग माफी मागौं, चुनावको तयारीमा लागौं

- Advertisement -spot_img

काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता भएको बताएका छन्।

आफूनिकट निवर्तमान सांसदहरुलाई उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गठबनधन अनावश्यक हिसाबले अघि बढेकाले व्यवस्थापन गर्न नसेकेको बताएका थिए।

बालुवाटारमा नेकपाका निवर्तमान सांसदहरुलाई बिशेष सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी भित्रवाट घेराबन्दी भएको र कामै गर्न नदिए पछि बाध्य भएर ताजा जनादेशका लागि जानु परेको बताएका हुन्।

‘प्रतिनिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु मेरो रहर थिएन, होइन, यो बाध्यताको उपज हो,’ ओलीले बैठकमा भने, ‘जनतासँग माफी मागौं, चुनावको तयारीमा लागौं, ढुक्क हुनुहोस चुनाव मेरै नेतृत्वमा हुन्छ।’

उनले थपेका थिए,”‘संविधानको मातहतमै रहेर प्रतिनिधिसभा विघटन भएको हो, यसलाई सर्वोच्चले उल्टयाउन सक्दैन, त्यसैले चुनाव हुन्छ।

उनले भने,”सबै कुरा छोडेर म प्रधानमन्त्री बनिरहन सक्थेँ। त्यो गर्न चाहिनँ म तानाशाही हुन सकिनँ। “

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु