Information is intelligence
HomePoliticsदाहाल-नेपाल समूहले ओलीमाथि कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दियो

दाहाल-नेपाल समूहले ओलीमाथि कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दियो

- Advertisement -spot_img

काठमाडौँ | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको कारबाहीबारे निर्वाचन आयोगमा जानकारी दिएको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको आयोगले जानकारी गराएको हो।

नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोगको कार्यालय पुगेर अनुशासनको कारबाही सिफारिस गरेकोबारे जानकारी गराएका हुन्। मंगलबार बस्ने केन्द्रीय समितिमा कारबाहीको सिफारिसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो।

तर प्रधानमन्त्री ओलीले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हैसियत उपाध्यक्ष बराबरको भएकाले उनको नेतृत्वमा हुने भेला र बैठकले आफूलाई कारबाही गर्न नसक्ने बताएका छन्।

मंगलबार नेकपाको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु