Information is intelligence
HomePoliticsअविश्वास प्रस्तावमा हस्ताक्षर गरेका चार सांसदहरू बालुवाटार बैठकमा

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका चार सांसदहरू बालुवाटार बैठकमा

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर भएका विघटित प्रतिनिधिसभाका  चारजना सांसद आज ओली पक्षका सांसदहरुको बैठकमा सहभागी भएका छन् ।

तत्कालीन एमालेको माधव नेपाल खेमाका शेरबहादुर तामाङ, यज्ञ बोगटी र बिमला विक बालुवाटारको बैठकमा सहभागी भएका हुन् ।

त्यस्तै पूर्व माओवादीका छक्कबहादुर लामा पनि बैठकमा थिए । उनीहरुले विगतमा अर्कै प्रयोजनमा गरिएको हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न प्रयोग भएको बताएका छन् ।

आइतबार प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा पेश गरेका ९० जनाको हस्ताक्षरमा यी चारजना सांसदको पनि नाम छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु