Information is intelligence
HomeSportsप्रिमियर लिगमा आज दुई खेल हुदै

प्रिमियर लिगमा आज दुई खेल हुदै

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिगमा आज दुई खेल हुदैछ । पहिलो खेलमा उल्ब्सले बर्न्लीको सामना गर्नेछ खेल नेपाली समय अनुसार राती ९:१५ मा  हुनेछ । त्यस्तै आजनै हुने अर्को खेलमा वेस्ट हमले चेल्सीको सामना गर्नेछ खेल नेपाली समय अनुसार राती १:४५ मा सुरु हुनेछ ।

बर्न्लीको घरेलु मैदानमा हुने खेलमा दुवै टोलि जित निकाल्ने सोचमा एक अर्काको सामना गर्नेछन् । १३ खेलमा २० अंक सहित अंक तालिकाको ११ औं स्थानमा रहेको  उल्ब्स आजको खेलमा जित निकाल्दै आफुलाई अंक तालिकामा आगी बढाउने सोचमा बर्न्लीको सामना गर्ने छ । त्यस्तै १२ खेलमा १० अंक सहित अंक तालिकामा पुछारबाट तेस्रो स्थानमा रहेको बर्न्ली आजको खेलमा जित निकाल्दै आफुलाई रेलिगेशनबाट बच्ने सोचमा हुनेछ ।

त्यस्तै आजनै हुने अर्को खेलमा वेस्ट हमले चेल्सीको सामना गर्नेछ। चेल्सीको घरेलु मैदानमा हुने आजको खेलमा दुवै टोलि जित निकाल्ने  सोचमा एक अर्काको सामना गर्ने छन् । लगातार दुईखेलमा हार बेहोरेको चेल्सी आजको खेलमा जित निकाल्दै लएमा फर्कन चाहन्छ । त्यस्तै वेस्ट हम पनि आजको खेलमा जित निकाल्दै अंक तालिकामा आगी बढ्ने सोचमा चेल्सीको सामना गर्नेछ ।

१३ खेलमा २२ अंक सहित चेल्सी अंक तालिकाको आठौं स्थानमा छ भने १३ खेलमा २१ अंक सहित वेस्ट हम तालिकाको १० औं स्थानमा छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु