Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थपिए ७ सय ४२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ७ सय ४२ कोरोना संक्रमित

- Advertisement -spot_img

काठमाडौँ | पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९५ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु