Information is intelligence
HomePoliticsटाेपबहादुर ओलीकाे पक्षमा लाग्दा हरिबाेल लागे प्रचण्डतिर

टाेपबहादुर ओलीकाे पक्षमा लाग्दा हरिबाेल लागे प्रचण्डतिर

- Advertisement -spot_img

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । थापा र रायमाझी पूर्वमाओवादी हुन् ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु दुई खेमामा बिभाजित भएका छन् ।

पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट यसअघि नै ओलीतिर लागेका छन् । उनी प्रधानमन्त्री ओलीले सोमबार बोलाएको सांसदहरुको भेलामा मञ्चमै थिए ।

सांसदहरुको भेलामा नदेखिएका रायमाझीसँगै स्थायी कमिटी सदस्य मणि थापा भने केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुगेका छन् ।

त्यस्तै हरिबाेल गजुरेलले हिजाे कतै नगएकाे तर, आज (मंगलबार) कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु