Information is intelligence
HomePoliticsनारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने ओली पक्षकाे निर्णय

नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने ओली पक्षकाे निर्णय

- Advertisement -spot_img

सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । अब नेकपाको प्रवक्ता प्रदिप ज्ञवाली तोकिएका छन् ।

त्यस्तै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई आजै शपथग्रहण गराएका छन् ।

महाधिवेशन आयोजक समितिमा थपिएका ५५६ जनालाई शपथ्रहण गराइएको केन्दीय सदस्य माधव ढुंगेलले बताए । आजै ओलीले १९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु