Information is intelligence
HomePoliticsओली पक्षको बैठक सकियाे, भोलि सातै प्रदेशमा भेला,क-कसलाइ ताेकियाे समन्वयकर्ता ?

ओली पक्षको बैठक सकियाे, भोलि सातै प्रदेशमा भेला,क-कसलाइ ताेकियाे समन्वयकर्ता ?

- Advertisement -spot_img

पार्टी एकता कायम राख्ने र कसैलाई पनि कारबाही नगर्ने रणनीतिअनुरुप महाधिवेशनको नयाँ मिति घोषणा गर्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

बैठकले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।

त्यस्तै कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेता खटिएका छन् भने लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ ।

गण्डकीमा वक्ताका रुपमा टोपवहादुर रायमाझी तोकिएका छन् भने बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने केन्द्रीय कमिटीमा प्रस्ताव पारित भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु