Information is intelligence
HomePoliticsओली पक्षको केन्द्रीय कमिटीले गर्याे ७ निर्णय(निर्णयसहित)

ओली पक्षको केन्द्रीय कमिटीले गर्याे ७ निर्णय(निर्णयसहित)

- Advertisement -spot_img

काठमाडौं | प्रतिनिधिसभा भंग भएपछि नेकपाका दुईजना अध्यक्षको नेतृत्वमा शुरु भएका बेग्लावेग्लै केन्द्रीय कमिटी बैठकले धमाधम आफु अनुकुलका निर्णय गर्न थालेका छन् ।

विहान ९ बजेदेखि बसेको प्रधानमन्त्रीसमेत रहेका ओली पक्षका नेताहरुको बैठकले भने महाधिवेशन आयोजक कमिटी बनाउनेदेखि दिएर पार्टीको प्रवत्ता तोक्नेसम्मको निर्णय गरेको छ ।

के छन् निर्णय ?

१) नेकपाका प्रचण्ड र नेपाल खेमाका कुनैपनि नेतामाथि कारवाही नगर्ने ।

२) ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने ।

३) परराष्ट्रमन्त्रीसमेत रहेका नेता प्रदीप ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने । नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने ।

४) पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ७ गतेसम्म गर्ने ।

५) महाधिवेशन आयोजक कमिटीमा थप भएका ५५६ जना केन्द्रीय सदस्यलाई सपथग्रहण गराउने ।

६) दुइदिन भित्रमा सातवटै प्रदेशमा कार्यकर्ता भेला गर्ने ।

७) प्रदेश भेलाका लागि संयोजक तोक्ने ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटि बैठक बसिरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु