Information is intelligence
HomePoliticsराष्ट्रिय एकता अभियानको आरोप :संसद विघटनको मुख्य कारण चिनियाँ हस्तक्षेप

राष्ट्रिय एकता अभियानको आरोप :संसद विघटनको मुख्य कारण चिनियाँ हस्तक्षेप

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्रीद्वारा संसद नचलेको बेला दुई/दुई पटक अध्यादेश ल्याइनु, प्रधानमन्त्रीविरुद्ध उनको आफ्नै पार्टीका सांसदहरूद्वारा अविश्वासको प्रस्ताव ल्याइनु तथा प्रधानमन्त्रीद्वारा संसद विघटन गरिनुको प्रमुख कारण नेपालमा बढ्दै गएको चिनियाँ हस्तक्षेप रहेको राष्ट्रिय एकता अभियानले ठहर गरेको छ।

अभियानका संयोजक विनय यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गरेपश्चात् आफ्नो स्वार्थ पुर्तीको लागि चीनले अनावश्यक सक्रियता बढाई एउटा अमुक पार्टी र त्यस भित्रको पनि एउटा अमुक गुटलाई अदृश्य समर्थन जनाउदा नेपाली जनताले दशकौको संघर्षपश्चात् प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै शंकटमा परेको आरोप लगाएको छ ।

अभियानले नेपाल कम्युनिष्ट पार्टीको दुबै पक्षसङ्ग राजनैतिक विचार मिलेकै आधारमा आन्तरिक राजनीतिमा वाह्य शक्तिलाई संलग्न नगराउन आह्वान समेत गरेको छ । अभियानले चीनलाई नेपालको आन्तरिक राजनीतिमा हात नहाल्न आग्रह गर्दै मुलुकको कुनै एउटा पार्टी अथवा गुटको आधारमा नभई नेपालको आधिकारिक परराष्ट्र नीति अनुरूप पञ्चशीलको आधारमा नेपालसङ्गको सम्बन्ध अगाडी बढाउन सचेत पनि गराएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु