Information is intelligence
HomeEconomyयाे वर्षपनि NRIC ले लाभांश नदिने

याे वर्षपनि NRIC ले लाभांश नदिने

- Advertisement -spot_img

नेपाल पुनर्बीमा कम्पनीले पुस २९ पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश वितरण गर्ने एजेन्डा राखिएको छैन । यसकारण यसपटक पुनर्बिमा कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

सभामा आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस  १६ गते बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु