Information is intelligence
HomeSportsरियल र ग्रानाडा भिड्दै, हजार्ड मैदान फर्किदै

रियल र ग्रानाडा भिड्दै, हजार्ड मैदान फर्किदै

- Advertisement -spot_img

स्पेनिस  ला लिगा फुटबल अन्तर्गत आज साबिक बिजेता रियलले ग्रानाडाको सामना गर्ने । खेल नेपाली समय अनुसार आज राती १२:३० मा सुरुहुने छ ।

रियलको घरेलु मैदानमा हुने आजको खेलमा रियलले जित हात पारे शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्ने मौका छ । १४ खेलमा २९ अंक सहित अंक तालिकाको दोश्रो स्थानमा रहेको रियल आजको खेलमा जित हात पारे एट्लेटिको मड्रिडसँग समान अंक बनाउन सक्छ । घाइते भएर  केही समय मैदान बाहिर रहेका हजार्ड मैदान आज ग्रानाडा विरुद्ध उत्रिने छन् । यता ग्रानाडा आजको खेलमा जित हात पार्दै अंक तालिकाको पाचौं स्थानमा उक्लिन चाहन्छ हाल ग्रानाडा १३ खेलमा २१ अंक सहित साथौँ स्थानमा छ ।

रियल र ग्रानाडा बीच  भएको ५ खेलमा रियलले सत प्रतिसत जित हात पारेको छ ।

अन्य खेलहरु आज राति २:४५ मा हुनेछ :

  • बेटिस विरुद्ध कडिज़
  • आलाभेज विरुद्ध इबार

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु