Information is intelligence
HomeNewsथप ७४३ जनामा कोरोना पुष्टि

थप ७४३ जनामा कोरोना पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ। यस्तै, अहिलेसम्म १८ लाख ९० हजार ७४० नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ७ हजार ५१५ रहेको छ।

यस्तै, सोही अवधिमा ९५२ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ४०९ जना रहेका छन्।

यस्तै, सोही अवधिमा नेपालमा ५  जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मुत्यु हुनेको संख्या १८०३ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु