Information is intelligence
HomePoliticsसंसद विघटनविरुद्ध कांग्रेसले प्रदर्शन गर्ने

संसद विघटनविरुद्ध कांग्रेसले प्रदर्शन गर्ने

- Advertisement -spot_img

काठमाडौं । नेपाली कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने भएको छ ।

मेलमिलापको नीति लिएर कांग्रेस संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर कांग्रेसले संसद् विघटनको विरोध स्वरुप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

चुनाव अथवा आन्दोलनमा जानेबारे कांग्रेसमा फरकफरक धारणा रहेको भन्ने समाचार आए पनि त्यस्तो नरहेको भन्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले भने, “कांग्रेसभित्र आन्दोलनमा जाने र चुनावमा जानुपर्छ भन्ने दुई धार रहेको भन्ने समाचार सञ्चारमाध्यममा आयो । तर त्यो सही होइन, कांग्रेस आन्दोलनमा जाने वा चुनावमा जाने एउटै धारणा बनाएर अगाडि बढ्छ ।”

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ ।

आजको बैठकमा नेताहरु रामशरण महत, गगन थापा, आनन्द प्रसाद ढुङ्गाना र बलबहादुर केसीले आफ्नो धारणा राखेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु