Information is intelligence
HomePoliticsगुट हेरफेर प्रकरण तिब्रः रघुबिर जाँदा शेरबहादुर फर्किए

गुट हेरफेर प्रकरण तिब्रः रघुबिर जाँदा शेरबहादुर फर्किए

- Advertisement -spot_img

नेकपा विभाजनसँगै नेताहरुले गुट हेरफेर गर्ने क्रम पनि तीव्र भएको छ ।

कार्की पार्टी प्यालेसको बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ बालुवाटार फर्के लगत्तै सोमवारको बालुवाटार बैठकमा सहभागी भएका केन्द्रीय सदस्य शेरवहादुर तामाङ प्रचण्ड माधव पक्षमा लागेका छन् ।

तामाङ आज कार्की पार्टी प्यालेसको बैठकमा सहभागी हुने भएका छन् । उनकी पत्नी उषाकला राईले ओली पक्षले गरेको मनोनयन अस्वीकार गरेकी थिइन् ।

सिन्धुपाल्चोकबाट निर्वाचित तामाङ ओली पक्षको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए ।

तर जिल्लामा माधव नेपाल पक्षको बर्चश्व रहेकाले कार्यकर्ताको दबाब थेग्न नसकेर उनले प्रचण्ड माधव पक्षमा लाग्ने निर्णय गरेको निकट स्रोतले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु