Information is intelligence
HomeEconomyनेप्सेमा सूचक घट्दा ट्रेडरहरू हाबी

नेप्सेमा सूचक घट्दा ट्रेडरहरू हाबी

- Advertisement -spot_img

बिहिबार नेप्सेमा अस्थिरता देखिएकाे छ । केही समय उकालाे लागेकाे नेप्से बजार बन्द हुने बेला भने करेक्सन भइ  २९.८३ अंकले घटेर २०३८.६३ विन्दुमा आइपुगेको छ ।

५ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९८ लाख ६० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

व्यापारिक र होटेलबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै सोल्टी होटेलका लगानीकर्ताले ५.६७% का दरले कमाएका छन् । खरिदबिक्री रकममा नबिल बैंक अग्रस्थानमा छ । यसको ६१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।

केन्द्रीय बैंकको मौद्रिक नीति समीक्षापछि बेस्सरी घटेको बजार फेरि केही दिन सम्हालिएको थियो । यसरी बढेको बजारमा फेरि एकाएक बिक्रेता हावी भएका हुन् । पुसमा साँवा ब्याज तथा कर तिर्न समेत चटारो पर्ने भएकाले नाफा बुक गर्नेहरु सक्रिय भएको अनुमान छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु