Information is intelligence
HomeNewsभक्तपुरको मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत

- Advertisement -spot_img

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ ।

ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण तथा पुर्ननिर्माणमा महत्वपूर्ण काम गरेको भन्दै मध्यपुर थिमि नगरपालिका ‘२०२० एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको हो । यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले बुधबार एक समारोह आयोजना गरी नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले पुरस्कार पाएसँगै ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा संरक्षणको काममा अझ बढी जिम्मेवार बनाएको बताए । यस्तै मध्यपुर थिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन चाहेकोसमेत मेयर श्रेष्ठले बताए ।

यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले सहरी क्षेत्रको विकास निर्माणको काम हेरेर प्रत्येक वर्ष उक्त अवार्ड प्रदान गर्ने गरेको छ । यसवर्ष दक्षिण कोरियाका ४, चीनका ३, जापानका २, मलेसियाका १, थाइल्याण्डको १ र नेपालको मध्यपुर थिमि नगरपालिका गरी कुल १२ वटा सहरलाई पुरस्कृत गरेको हो । मध्यपुर थिमि नगरपालिकाले बिगत ३ वर्षदेखि भत्केका मठ मन्दिर, पाटी, पौवा, ढुंगेधारा, पोखरी, पार्कको संरक्षण तथा पुर्ननिर्माणमा ध्यान दिदैँ आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु