Information is intelligence
HomePoliticsकांग्रेस बैठकमा देउवा–प्रकाशमानबीच झोक्काझोक्की

कांग्रेस बैठकमा देउवा–प्रकाशमानबीच झोक्काझोक्की

- Advertisement -spot_img

नेकपाको आपसी विवादले प्रतिनिधिसभा नै विघटन भएपछि त्यसको विरोधका योजना बनाउन बसेको नेपाली कांग्रेसको बैठकमा दिनहुँ नेताहरुबीच भनाभनका श्रृंखला थपिन थालेका छन् ।

आन्दोलनमा जाने कि सर्वाेच्च अदालतको फैसला पर्खिने भन्नेमै विवादित कांग्रेसका शीर्ष नेताबीच बैठकमै घोचपेच र भनाभन हुन थालेको हो ।

बुधवार सभापति शेरवहादुर देउवा र रामचन्द्र पौडेलबीचको भनाभनमा शंकर भण्डारी तथा गुरु घिमिरे मिसिंदा भएको चर्काचर्की विहीबार झनै माथिल्लो तहमा सर्‍यो । कांग्रेसका एक नेताका अनुसार बैठकमा सभापति देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच ‘भनाभन’ भएको छ ।

केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा सिंहले ‘विगतमा देउवाको असफलताकै कारण पार्टीले हार व्यहोरेको’ प्रसंग उठाएपछि सभापति देउवाले ‘हिम्मत भए आफूलाई हटाउन’ चुनौती दिएका हुन् ।

केन्द्रीय समितिमा बोल्दै सिंहले संसद विघटनको कदमलाई असंवैधानिक भनेर विज्ञप्तिमात्रै जारी गरेर बस्न नमिल्ने भन्दै कडा आन्दोलनको तयारी गर्नुपर्ने बताए । सिंहलाई रोक्दै सभापति देउवाले ‘काठमाडौंकै सभापतिले आन्दोलन गरेन’ भनेका थिए ।

बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशन गर्नुपर्ने मत व्यक्त गरे । आफ्नो लिखित धारणा बैठकमा पेश गरेका केसीले ‘२०१४ सालमा पनि विशेष महाधिवेशन भएको थियो । अहिले पनि विशेष महाधिवेशन गरेर अगाडि बढ्नुपर्छ’ भनेका थिए ।

केसीले महाधिवेशनको प्रसंग ल्याएपछि देउवाले त्यसबारेमा छलफल नहुने बताए । ‘अहिले महाधिवेशनको बारेमा कुनै छलफल हुँदैन’, देउवाले केसीसँग भने ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु