Information is intelligence
HomePoliticsओलीको कारण नेकपा प्रचण्ड–माधव समूह सडकमा

ओलीको कारण नेकपा प्रचण्ड–माधव समूह सडकमा

- Advertisement -spot_img

काठमाण्डु | संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आन्दोलन सुरु गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रचण्ड–नेपाल समूहले आजबाट आन्दोलन सुरु गरेको हो ।

माइतीघरबाट सुरु भएको प्रदर्शनमा ‘हामी जिउँदै छौं, हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरु सहभागी छन् ।

माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने प्रचण्ड–नेपाल समूहको योजना छ ।

नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु