Information is intelligence
HomeHealthहृदयघातको एक महिनाअघिबाटै शरीरमा देखिन्छन् यस्ता लक्षण

हृदयघातको एक महिनाअघिबाटै शरीरमा देखिन्छन् यस्ता लक्षण

- Advertisement -spot_img

काठमाडौँ– मानिसमा हृदयघात जतिखेर जुन समयमा पनि हुन सक्छ ।

प्रत्येक वर्ष विश्वभर हृदयघातका कारण हरेक वर्ष धेरै मानिसले ज्यान गुमाइरहेका हुन्छन् । हृदयघात हुनुभन्दा एक महिना पहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ ।

सास लिन अप्ठ्यारोः सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

अन्य भागमा पीडाः छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

आत्तिनेः लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिनाः कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो । तर अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

गोडा फुल्नेः मुटुलाई शरीरका अन्य अंगमा रगत पुर्‍याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

ढुकढुकी बढ्नुः धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

पाचनतन्त्रमा गडबडीः पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ । एजेन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु