Information is intelligence
HomeEconomyप्रभु लाइफ इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न

प्रभु लाइफ इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न

- Advertisement -spot_img

प्रभु लाइफ इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा ५ लाख ४० हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९ हजार ४७ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् । यसमा १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएकामा २ हजार १६९ जना आवेदकको आवेदन रद्ध भएको छ ।

प्रभु लाइफले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी रहेको ५४ लाख कित्तामा मात्र सर्वसाधारणको लागि खुला गरिएको हो । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।

यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्दछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु