Information is intelligence
HomePoliticsप्रदेश सभामाथी ओलीकाे कर्के नजर

प्रदेश सभामाथी ओलीकाे कर्के नजर

- Advertisement -spot_img

हालैमात्र प्रतिनिधीसभा विघटन गरेर चुनावकाे घाेषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे नजर अब प्रदेश सभातर्फ पर्ने देखिन्छ । सात मध्ये ६ वटा प्रदेशमा सरकारकाे नेतृत्व गरेकाे नेकपामा विभाजनकाे खतरा देखिएकाे बेलामा भर्खरैमात्र बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेलकाे विरूद्दमा अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ ।

६ वटा प्रदेश सरकारकाे नेतृत्व गरेकाे नेकपामा प्रचण्ड र ओलीपक्षका नेताहरू विभाजनतर्फ अघि बढिरहँदा पनि सुदुरपश्चिम प्रदेश सरकार भने सुरक्षित रहेकाे देखिन्छ । प्रचण्ड पक्षकाे नेतृत्व रहेकाे सुदुरपश्चिममा प्रचण्डपक्षले धावा बाेल्ने सम्भावना देखिएकाे छैनभने ओलीपक्षकाे बहुमत रहेकाे देखिँदैन ।

तर , अन्य ५ वटा प्रदेश सरकारमा भने ओली पक्षकाे नेतृत्व रहेकाले ती सरकारहरू धरापमा पर्ने देखिन्छ । शक्ति संघर्षकाे चरम सीमामा पुगेकाे नेकपामा अब अश्तित्वकाे लडाइँमात्र बाँकी रहेकाे देखिन्छ । अश्तित्वकाे कुरा आउँदा प्रधानमन्त्री केपी शर्मा ओली अत्यन्त्तै सनक भएकाे नेता मानिन्छन् ।उनकाे संघीय प्रतिनिधी सभा विघटन गरेकाे घटनाबाट पनि याे प्रष्ट हुन सकिन्छ।

अब  आफनाे अश्तित्व बचाउन प्रधानमन्त्री ओलीले प्रदेश सभा पनि विघटन गर्न सक्छन् । संघीय संसद विघटन गर्न संवैधानिक अधिकार नरहेकाे अवस्थामा त ओलीले गरेर छाडे भने अब प्रदेश सभा विघटन गर्न त राष्ट्रपतिलाइ संवैधानिक अधिकार रहेकाे देखिन्छ ।

संविधानकाे धारा २३२  काे उपधारा ३ मा भनिएको छ, ‘कुनै प्रदेशमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद र प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्नेछ ।’

त्यसरी कुनै प्रदेश मन्त्रिपरिषद र प्रदेशसभा निलम्बन र विघटन गरेमा त्यस्तो कार्य ३५ दिनभित्र संघीय संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट अनुमोदन गराउनु पर्ने व्यवस्था सोही धाराको उपधारा ४ मा उल्लेख छ ।

यस्ताे अवस्थामा चुनाबी माहाेल र पदीय अश्तित्वका खातिर प्रदेश सभाहरू प्रधानमन्त्री र राष्ट्रपतिसँगै सति जाने अवस्था नआउला भन्न सकिन्न ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु