Information is intelligence
HomePoliticsमन्त्रीपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्रीकाे तयारी, काे काे बन्लान नयाँ मन्त्री ?

मन्त्रीपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्रीकाे तयारी, काे काे बन्लान नयाँ मन्त्री ?

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्न लागेको उच्च स्रोतले जनाएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन् । त्यस्तै रक्षा मन्त्रालय पछिल्लो समय प्रधानमन्त्रीसँगै छ । प्रधानमन्त्रीले आठ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सक्ने अवस्था छ ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए ।

उनीहरुको ठाउँमा अब सबै ओली नेतृत्वको नेकपाका मन्त्रीहरु थपिने भएका छन् । प्रधानमन्त्रीले ककसलाई मन्त्री बनाउँछन् भन्ने निकटस्थहरुले पनि अनुमान लगाउन सकेका छैनन् ।

माओवादी समूहबाट ओलीलाई साथ दिएका टोपबहादुर रायमाझी मन्त्री बन्ने पक्का भए पनि अरुको बारेमा अनुमानमात्र लगाउन सकिने एक नेताले बताए । अहिले भइरहेका मन्त्रीहरुलाई यथावत राख्ने संकेत प्रधानमन्त्रीले दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु