Information is intelligence
HomePoliticsप्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पेश गर्न आदेश

प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पेश गर्न आदेश

- Advertisement -spot_img

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका सन्दर्भमा कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी भएको छ ।

इजलासले पुस १९ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । नेपाल बार र सर्वोच्च बार एशोसिएसनबाट एमिकस क्युरी माग्ने आदेशसमेत दिइएको छ । अदालतले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सक्कल फाइल मगाउने आदेश समेत दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षताको इजलासमा हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी न्यायाधीश सदस्य छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु