Information is intelligence
HomeInternationalबेलायतबाट अमेरिका प्रवेश गर्नेलाई कोरोना नेगेटिभ प्रमाणपत्र अनिवार्य

बेलायतबाट अमेरिका प्रवेश गर्नेलाई कोरोना नेगेटिभ प्रमाणपत्र अनिवार्य

- Advertisement -spot_img

वासिङ्टन । अमेरिकी अधिकारीहरुले बेलायतबाट हवाई उडानबाट अमेरिका प्रवेश गर्ने यात्रुहरुले कोरोनाभाइरस परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने घोषणा गरेका छन् ।  बेलायतमा कोभिड–१९ को नयाँ संस्करण देखिएको भन्दै अमेरिका यात्रामा कडाई गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । कोभिड–१९ को नयाँ संस्करण निकै संक्रामक रहेको वैज्ञानिकहरुको भनाई छ ।

नयाँ नियम सोमबारदेखि लागू हुनेछ । बेलायत प्रस्थान गर्नु ७२ घण्टाअघि हरेक यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने छ । नयाँ खतरनाक भाइरस देखिएको भन्दै बेलायतबाट न्यूयोर्कका लागि हुने सबै उडानका यात्रुलाई ब्रिटिस एयरवेज र डेल्टा समेतका कतिपय एयरलाइन्सले कोरोना परीक्षण अनिवार्य गरिसकेका छन् ।

बायोएनटेकले कोरोनाको नयाँ संस्करणलाई पनि आफूहरुले विकास गरेको खोपले काम गर्ने सम्भावना रहेको बताएको छ । –एएफपी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु