Information is intelligence
HomeNewsथप ६०८ जनामा कोरोना पुष्टि

थप ६०८ जनामा कोरोना पुष्टि

- Advertisement -spot_img

नेपालमा थप ६०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ६०८ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ५७ हजार २०० संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८९२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ४८ हजार २९२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.५ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८१६ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु