Information is intelligence
HomeScience & Technologyतरकारी बजारमा 'क्यूआर कोड' को प्रयोग, यस्तो छ कारण

तरकारी बजारमा ‘क्यूआर कोड’ को प्रयोग, यस्तो छ कारण

- Advertisement -spot_img

काठमाण्डाै | नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा ‘क्यूआर कोड’ मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ ।

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोग गर्ने अभियान सुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

शुक्रबार काठमाण्डाैकाे नक्साल तरकारी बजारमा रहेका पसलहरूमा क्यूआर कोडबाट भुत्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशैभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताएका हुन् ।

गभर्नर अधिकारीले कोभिड १९ पश्चात नगद कारोबार डरलाग्दो भएको भन्दै अब क्यासलेस प्रविधि अपनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘कोभिडपश्चात नगदको कारोबारमा डर भयो, त्यसपछि क्यूआर कोडको सोच आयो ।’

उनले मासिक रूपमा क्यूआर कोडको प्रयोग ३० प्रतिशतले वृद्धि भएको पाइएको बताउँदै उनले अहिले यसको प्रयोगमा व्यापकता ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको डिजिटलाइजेसन सम्बन्धि भिजनलाई कार्यान्वयनमा ल्याउन सहयोग गर्न बैंकहरू तत्पर रहेको बताए ।

ब्रिक बैंकिङको लागत क्लिक बैंकिङको भन्दा धेरै नै महँगो भएकाले बैंकहरूले क्यूआर कोडबाट भुक्तानी बढाउन प्रोत्साहन गर्नुपर्ने दाहालले बताए । त्यसका लागि बैंकहरूले डिजिटल पूर्वाधार र सुरक्षामा अझ बढी लगानी बढाउनुपर्ने पनि सीईओ दाहालले बताए।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफुल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गरेका हुन् ।

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरूलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु