Information is intelligence
HomeNewsपाथीभरा क्षेत्र सामुदायिक वनमा डढेलो

पाथीभरा क्षेत्र सामुदायिक वनमा डढेलो

- Advertisement -spot_img

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा डढेलो लागेको छ । फेदीको बस्तीदेखि करिब ३ किलोमिटर पूर्वको जंगलमा डढेलो लागेको हो । यो मन्दिरसम्म नै पुग्ने सम्भावना रहेको माथिल्लो फेदीका बासिन्दाले बताए । माथिल्लो फेदीको बस्ती भने डढेलोको जोखिममा नरहेको माथिल्लो फेदीका राजेन्द्र महतले बताए ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यो क्षेत्रमा बिहीबारदेखि नै डढेलो लागेको हो । शुक्रबार दिउँसो पाथीभरा क्षेत्रका कर्मचारी, माथिल्लो फेदीका व्यवसायी र प्रहरीले नियन्त्रणमा लिएका थिए । तर शुक्रबार राति फेरि डढेलो सुरु भएको हो ।

चिसोका कारण धेरै होटल तथा लज बन्द भएको र जनशक्ति कम भएका कारण आगो नियन्त्रणका लागि समस्या छ । आगो बढ्दै गए पाथीभरा जाने पैदलमार्गमा पर्ने एउटा धर्मशाला र चौतारा, फलैंचा जोखिममा रहेको महतले बताए ।

नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट टोली परिचालन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका कर्मचारी नविन निरौलाले बताए । हिउँद याम सुरु भएसँगै जिल्लाका जंगली क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु