Information is intelligence
HomePoliticsप्रतिनिधिसभा विघटनका विरुद्ध कांग्रेस एकमतका साथ उभिएको देउवाकाे दावी

प्रतिनिधिसभा विघटनका विरुद्ध कांग्रेस एकमतका साथ उभिएको देउवाकाे दावी

- Advertisement -spot_img

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा प्रतिनिधिसभा विघटनपछिको रणनीतिका सन्दर्भमा नेतृत्व विभाजित भएको सन्देश गइरहेका बेला सभापति शेरवहादुर देउवाले मुख खोलेका छन् ।

देउवाले शनिवार विज्ञप्ति जारी गरि प्रतिनिधिसभा विघटनका विरुद्ध कांग्रेस एकमतका साथ उभिएको दावी गरेका छन् । तर प्रतिनिधिसभा पुनःस्थापनाबारे भने देउवाको विज्ञप्ति मौन छ । देउवाले शुक्रवारको बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको कुरै नगर्न सदस्यहरुलाई निर्देशन दिएका थिए ।

सभापति देउवाले सोमवार १६५ निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देउवाले विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्धको प्रदर्शनमा सहभागिताका लागि आह्वान गरेका हुन् ।

पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको भन्दै संविधानमा भएको व्यवस्था प्रतिकुल,जनभावना विपरितको कार्य विरुद्ध कांग्रेस सम्पूर्ण रुपमाले एकमतका साथ उभिएको देउवाले प्रष्ट परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु