Information is intelligence
HomeNewsचेकिङ छलेर भागेको भ्यानले ट्राफिकलाई दियो ठक्कर, एक पैदलयात्रुको मृत्यु, चालक फरार

चेकिङ छलेर भागेको भ्यानले ट्राफिकलाई दियो ठक्कर, एक पैदलयात्रुको मृत्यु, चालक फरार

- Advertisement -spot_img

काठमाडौंको बल्खुमा प्रहरीको चेकिङ छलेर भागेको भ्यानले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ भने ट्राफिक प्रहरी जवान घाइते भएका छन्।

शुक्रबार राति चेकिङ भइरहेका बेला भाग्ने क्रममा बा १६ च २९१५ नम्बरको भ्यानले पैदलयात्रीलाई ठक्कर दिँदा गोरखा घर भएर कीर्तिपुर बस्दै आएका ५४ वर्षका काले आलेमगरको मृत्यु भएको महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।

मगरको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार चेकिङमा रहेका ट्राफिक प्रहरी प्रभाग बल्खुमा कार्यरत प्रहरी जवान २३ वर्षिय मानबहादुर साउदलाई ठक्कर दिएर भागेको भ्यानले मगरलाई पनि ठक्कर दिएको हो ।

जवान साउदको वयोधा अस्पताल वल्खुमै उपचार भइरहेको छ। भ्यानलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक फरार छन्। फरार चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु